काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।