काठमाडौं- सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फायर गरेको छ ।
ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गर्दै प्रहरीका हतियार खोस्न प्रयास गरेपछि भारतीयलाई रोक्न हवाई फायर गरेको हो ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ ।
सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली पनि खटाइएको छ ।