काठमाडौं- बाजुरामा आज बिहान मृत्यु भएकी २ वर्षीया बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यस संगै नेपालमा कोरोना संक्रमित मृत्यु हुने को संख्या आठौं पुगेको छ ।

सेती प्रदेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती बालिकाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय सुदुरपश्चिमका निर्देशक डाक्टर गुणराज अवस्थीले जनाकारी दिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।

आज बिहान मृत्यु भएकी २ वर्षकी बालिकाको कोरोना पोजेटिभ आएको छ भने उनको आमाको पनि कोरोनाको रिपोर्ट पोजेटिभ बाबुको नेगेटिभ आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार