तनहुँ – तनहुँमा जिल्लामा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमित व्यक्ति भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार संक्रमित व्यक्ति ऋषिङ गाउँपालिका निवासी २८ वर्षीय युवक हुन् । एक हप्ता अघि भारतबाट आएका युवक सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए । तनहुँमा कोभिड १९ को संक्रमित भेटिने उनी नै पहिलो व्यक्ति भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखरा र जिल्ला स्वास्थ्य कार्यालय, तनहुँले जनाएको छ ।

लकडाउनको आज ६९ औं दिनमा आएर जिल्लामा पहिलो पटक कोभिड १९ को संक्रमण देखिएसगै उच्च सर्तकता र सावधानी अपनाइएको छ ।

तनहुँबाट ३९० जनाको स्वाव परीक्षण गरिएकोमा १ जनामा पोजेटिभ, ३२० जनामा नेगेटिभ र बाँकी ६९ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

कोभिड–१९ का संकास्पद संक्रमितको परीक्षण र उपचारका लागि जिल्लामा १० वटै स्थानीय तहले ३१ स्थानमा ५६७ शैया क्षमताको क्वारेन्टाइन तयार गरेका छन । त्यस्तै जिल्लाका ४ स्थानमा ३४ शैया क्षमताको आईसोलेशन कक्ष पनि निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार