बिगेन तुलाधर, काठमाडौँ – कंग अजिमा भौ मचा समुहको आयोजना र १९ वडाको समंवयमा कंकेश्वरी विष्णुमती सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

शनिबारका दिन उक्त सरसफाइ कार्यक्रम कंकेश्वरी दमैचा घाट, डल्लु पुल देखि झोलुङ्गे पुलसम्म सम्पन्न भएको छ । उक्त सरसफाइ कार्यक्रममा समुहका संयोजक नारण देवी डंगोल, १९ का वडाध्यक्ष शशी लाल श्रेष्ठ, वडा सदस्य चन्द्रमान डंगोल, मधुसुदन प्रधान, रन्जिता परियार तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

खोला किनारमा झार बढेका कारण डेंगुको संक्रमण नफैलियोस भनेर उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको र यस कार्यलाई हरेक हप्ता निरन्तर्ता दिने १९ वडाका सदस्य चन्द्रमान डंगोलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार