काठमाडौँ – लकडाउनको समयमा गैर सरकारी संस्था गुथिले कौसि खेति र घरायसी कम्पोष्टिङको तालिम र कम्पोष्टिङ सम्बन्धि जिज्ञासाको विशेषज्ञमार्फत समाधान गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबारका दिन उक्त कार्यक्रम अनलाइन प्रविधि प्रयोग गरी सम्पन्न भएको हो ।

अहिले समयमा सरकारले कौसि खेतिको महत्वलाई आत्मासाथ गर्दै यसलाई प्रोत्साहन गर्न निति तथा कार्यक्रम ल्याएको छ । ललितपुर महानगरपालिकाले वडा मार्फत निःशुल्क विउ तथा गडयौला मल वितरण गर्न थालिसकेको छ भने किर्तीपुरले पनि ५०% सहुलियत दरमा विउ र मल बेच्ने प्रावधान ल्याएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका शहरी योजना आयोगकी सदस्य गुजेश्वरी श्रेष्ठले महानगर कौशी खेतिलाई प्रोत्साहन दिने कार्यमा अग्रसर रहेको बताइन् । ‘‘यस्ता कार्यक्रमले एक त घरको जैविक फोहोर व्यवस्थापन गर्ने बारे जानकारी दिन्छ भने अर्को तर्फ फोहोरको सदुपयोग गरी घरमै तरकारी उत्पादन गर्न प्रोत्साहित गराउँछ तसर्थ आफ्नो घरको क्षमतालाई मध्यनजर गरि घरलाई भार नपर्ने गरी कौसि खेति गर्नुपर्छ ।’’ उनले भनिन् ।

कार्यक्रममा पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले काठमाडौं उपत्यकामा कौसी खेतिका लागि घर घरको सर्वेक्षण गर्नुपर्ने बताए । जसबाट उपत्यकामा रहेको कति घरहरुमा कौसि खेति भईरहेका छन् र कति घरहरु कौसि खेति गर्न इच्छुक छन भन्ने डाटा निस्कने धारणा पनि राखे । त्यसै गरि कार्यक्रममा आएका जिज्ञासहरुलाई समेटेर कौसि खेति बारे पुस्तिका निकाल्नु पर्ने सुझाव दिए । उनले कृषि र कौसि खेतिका क्षेत्रमा अझै अनुसन्धान र प्रविधि विकास गर्न जरुरी रहेको र महानगरपालिकाले कौसि खैतिलाई प्रोत्साहन दिन निति तथा कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रमकी प्रशिक्षक तथा का.म.पा. वातावरण विभागकी अधिकृत सानुमैयाँ महर्जनले काठमाडौं महानगरपालिकाले धेरै समय देखि कौसि खेति तालिम संचालन गर्दै आएको र प्रशिक्षार्थिहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्दै धेरै घरहरुमा कौसि खेतिको सुरुवात गराएको कार्यक्रममा बताइन् ।

कार्यक्रममा सहभागिहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा आएको जिज्ञासाको जवाफ कौशी खेती विज्ञ शेष नारायण महर्जनले दिएका थिए ।

त्यसै गरि काठमाडौं महानगरपालिका वडा नं. ९ की सदस्य शोभा देवि मानन्धर र वडा १५ कि सदस्य मैयाँ लक्ष्मी महर्जनले आफ्नो वडामा पनि कौसि खेति र कप्पोष्टिङ सम्बन्धि तालिम दिइएको बताइन् । कार्यक्रममा प्रारम्भ वायोटेक कम्पनीका मनिष प्रतापले आफ्नो कम्पनीबाट कम्पोष्टिङ र कौसि खेतिका लागि स्मार्ट बकेट (कम्पोष्टङका लागि) र स्मार्ट ग्रो व्याग (कौसिमा विरुवा रोप्नका लागि) प्राविधिको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै गुथीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले सरकारले कौसि खेतिका लागि ल्याएको नितिको प्रशंसा गर्दै कागजमा मात्र सिमित नभई व्यवहारिक हुनु पर्ने धारणा पनि राखे । कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्नु र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्नु जरुरी रहेको पनि अमात्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार