ललितपुर – ललितपुर च्याम्बर अफ कमर्सले कोरोनाका कारण दुइ महिनाभन्दा बढी समयदेखि सरकारले निर्णय गरेको लकडाउनले बन्द रहेका व्यवसायहरु खुलाउन कदम बढाउने भएको छ ।

बुधबार बसेको बैठकले बिहिबार ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई भेटेर व्यवसाय खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रजिअसँगको छलफल सकारात्मक भए महानगरसँग वार्ता थालेर आइतबारदेखि व्यवसाय खुलाउने ललितपुर च्याम्बरका अध्यक्ष पुष्प रत्न शाक्यले बताए ।

ललितपुर च्याम्बर अफ कमर्स, कुमारीपाटी जावलाखेल व्यापार संघ, ललितपुर तयारी पोशाक संघ र ललितपुर सुन चाँदी व्यवसायी संघको बुधबार संयुक्त बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार