बिगेन तुलाधर, काठमाडौँ – काठमाडौँको शोभाभगवतीमा नेवा: समुदायको आफ्नै घाट छ, जहा सुधारिएको चिताबाट शव जलाइन्छ ।

कर्णदिप नाम दिइएको यस घाट धार्मिक रुपमा पनि नेवा: समुदायबीच महत्पुर्ण मानिन्छ । यसमा कम दाउराले कम धुवामा शव दाह गर्न सकिने भएको कारण वातावरणमैत्री हुनुका साथै प्रयोग गर्न सहज छ ।

उदाय् समाजको अग्रसर्तामा यस कर्णदिपको निर्माण भएको हो । उक्त वातावरणमैत्री चिता २०७५ फागुन १० गते विधीवत रुपमा समाजका अध्यक्ष रुप ज्योति कंसाकारको सक्रियतामा सुभारम्भ भएको थियो।

तापक्रमलाई तीन गुणाभन्दा बढीका दरले बढाउन सकिने भएकाले एउटा शव करिब तीन घण्टामा जलिसक्ने भएका कारण पनि यो प्रविधि प्रयोग गर्न सहज रहेको उदाय् समाजका पूर्व कार्य समिती सदस्य उदय रत्न कंसाकारले बताए ।

४५ सय रुपैया तिरेर कर्णदिप नेवा: समुदायले प्रयोग गर्ने भएपनि अरु समुदायलाई प्रयोग गर्न कुनै रोकटोक नभएको समाजसेवी दिव्यरत्न स्थापितले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार