भारतको कोरोना संक्रमित संख्याको हिसाबले र पछिल्लो विश्व विवरण अनुसार धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ।
यसैगरी कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ। एकैदिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएपछि दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो।

दैनिक मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएपनि संक्रमित दरका आधारमा मृत्युदर स्थिर नै रहेको र हाल यो दर २.८ प्रतिशत रहेको छ भने विश्वमा यो दर ५.८ प्रतिशत रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। पछिल्ला सात दिनमा भारतको कोरोनाका कारण हुने औषत मृत्यु संख्या २ सय ३९ रहेको छ। यसअघि यो १ सय ७९ थियो।

यसैगरी भारतमा संक्रमित संख्या प्रतिदिन १० हजारको नजिक पुग्न थालेको छ। लगातार तेश्रो दिन पनि संक्रमित संख्या ९ हजारमाथि हुँदै गएकाले यो दरले छिट्टै १० हजार छुने ठानिएको छ।

शुक्रबार भारतमा ९ हजार ३ सय ९८ नयाँ संक्रमित फेला परेका थिए भने बिहीबार र बुधबार यो संख्या क्रमशः ९ हजार ९ सय ६२ र ९ हजार ५ सय ६५ थियो भने शुक्रबारसम्म भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५ सय ७५ पुगेको छ।

विशेषज्ञहरूले लकडाउन घोषणाले संक्रमणदरलाई कम गरेको भएपनि विस्तारै खुकुलो भइरहेको लकडाउनका कारण जुन-जुलाईमा यो संख्या आफ्नो उच्चतम बिन्दुमा पुग्ने र क्रमशः कम हुन थाल्ने जनाएका छन्।

यसै गरि नेपालमा पनि लकडाउन खुकुलो बनाउने कुरा गरिरहदा कतै नेपाल पनि यस्तै जोखिम मा पुगने हो कि ? कोरोनाको महामारीसंग जुध्न प्रयाप्त तयारी नपुगेको अवस्थामा सहि निर्णय र सहि योजनाको जरुरी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार