बिगेन तुलाधर, काठमाडौँ – पछिल्लो समय कोरोनाका कारण विश्व नै आक्रान्त बनेको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन थपिरहेका छन् भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।

हालसम्म कोरोना विरुद्धको कुनै पनि औषधिको आविश्कार नभएको हुदा सावधानी नै कोरोनाबाट जोगिने अचुक उपाए हो । कोरोना विरुद्धको सावधानी नै मास्क तथा स्यानिटाइजरको नियमित प्रयोग तथा साबुन-पानीले कम्तीमा २० सेकेण्डसम्म हात धुनु हो ।

यसै कुरालाई मध्य नजर गर्दै गैरसरकारी संस्था गुथिले वाटर एडसँगको सहकार्यमा खुट्टाले थिचेर धारा खोली हात धुन मिल्ने प्रविधि काठमाडौँ र ललितपुरका विभिन्न ठाउमा जडान गरेको छ । स्थानीय निकायसँगको समन्वयमा विभिन्न स्थानमा खुट्टाले पाइडल थिचेर हात धुने धारा जडान गरिएको हो ।

धारा जडान गरिएपछि हात बाटोमा हिड्ने सर्वसाधरणलाई निकै सहज भएको सर्वसाधरणहरु बताउछन् ।

यस्ता धाराहरु सार्वजनिक स्थलहरुमा मात्र नभइ अस्पताल, प्रहरी कार्यालयहरुमा पनि जडान गरिएका छन् । यसको रेखदेख सम्बन्धीत स्थानीय निकायहरुले गर्दै आएका छन् ।

यस धाराको थप माग भइरहेको र महानगरले यसलाई कोरोना पछाडि पनि निरन्तर्ता दिने ललितपुर महानगर वातावरण विभागका इन्जिनियर प्रदिप अमात्यले बताए ।

यस्ता महत्वपुर्ण सहयोगहरु विभिन्न संघ संस्थाले हेर्दासम्म मात्र संरक्षण हुने र पछि अवस्था जिर्ण हुने गरेका छन् । कोरोनापछिको अवस्थामा पनि यसले महत्वपूर्ण भुमिका खेल्ने भएका कारण यस्ता सहयोगकोे संरक्षण गर्ने दायित्वबाट सम्बन्धीत स्थानीय निकाय नचुकोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार