तानसेन – गण्डकी तथा ५ नं प्रदेश निती तथा योजना आयोग र स्थानीय सरकारहरुबीच बजेट पूर्व तयारी वैठक सम्पन्न भएको छ।

 

प्रदेश सरकारहरु तथा स्थानीय सरकारहरुले बजेट निर्माण अघि पूर्व तयारी वैठक गरेको यो पहिलो पटक हो। पूर्व तयारी वैठकले प्रदेश सरकारहरु तथा स्थानीय सरकारहरुको बीचमा समन्वय र सहकार्यमा यो वैठकले नयां ढोका खोलेको वैठक आयोजक तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए।

 

गण्डकी प्रेदश तथा प्रदेश नं ५ लाई जोडने सिद्धार्थ राजमार्ग आसपासका स्थानीय सरकारहरुका प्रमुखहरुको मञ्चले पूर्व तयारी वैठकको आयोजना गरेको हो। मञ्चको सचिवालय रहेको तानसेन नगरपालिकाले वैठकको आयोजना गरको हो ।

 

विश्व लगायत नेपालमा सेमत आर्थिक तथा सामाजीक क्षेत्रमा कोभिड १९ रोगले पारेको समस्या र त्यसको मिलेर सामना गर्न बजेट पूर्व तयारी वैठक गरिएको मेयरहरुको सञ्जालका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख असोक कुमार साहीले बताए। कोभिडको प्रभाव लामो समय जान सक्ने देखिएकोले यस रोग संग लडन प्रदेश सरकारहरु तथा स्थानीय सरकारहरुको संयुक्त पहल आवश्यक देखिएको बताउदै संयोजक साहीले आगामी निती तथा कार्यक्रम र बजेट मार्फत संयुक्त पहल हुने बताए।

 

गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा गिरिधारी पौडेलले संक्रमणको जोखिमलाई मिलेरै सामना गर्नु पर्ने बताए। प्रदेश निती तथा योजना आयोगले सिद्धार्थ आर्थिक करिडोरको विकासको लागि स्थानीय सरकारहरु संग समन्वय र सहकार्य गरि परिणाम निकाल्नु पर्ने बताए। प्रदेश ५ निति तथा योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले मेयरहरुको मञ्चले समन्वय र सहकार्यमा कार्य गर्न उल्लेखनीय वातावरणको सिर्जना गरेको बताए।

 

वैठकमा जनस्वास्थ्यविद डा. समिरमणी दिक्षीतले स्थानीय सरकारहरुले संक्रमण रोकथाममा महत्वपुर्ण भूमिका खेल्न सक्ने बताउदै क्वारेन्टाइनको व्यवस्थापनमा जोड दिन आग्रह गरे। संक्रमणको जोखिममा रहेकाहरुको पीसीआर प्रविधीबाट मात्र जांच गर्न अनुरोध गर्दै आरडीटीमा भर पर्न नसकिने जिकिर गरे । डा. दिक्षीतले पिसीआर प्रविधीबाट जांच गर्न सके ५ दिनमै संक्रमणको जोखिममा रहेकालाई घर पठाउन सकिने र पीसीआर बाट जांच गर्न नसके ३ हप्ता क्वारेन्टाईनमा राख्न उपयुक्त हुने सल्लाह सिद्धार्थ करिडोर मेयरहरुको मञ्चलाई बताए ।

 

वैठकमा राष्टिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा ईपीआई नेपालका टिम लिडर डा शंकर शर्माले कृषि तथा रोजगारी सिर्जनामा जोड दिने गरि बजेट तर्जूमा गर्नु पर्ने बताए। पालिकाहरुले योजनाको प्राथमिकीकरण गरि छोटो समयमा नतीजा दिने कार्यक्रमलाई अगाडी सार्न उपयुक्त हुने सल्लाह दिएका हुन। स्थानीय सरकारहरुले एक आपसमा समन्वय र सहकार्य गरि योजनाहरुको छनौट र कार्यान्वयनमा आवश्यक पर्ने प्राविधक सहयोगका लागि आफु सधै तयार रहेको बताए । वालिड नगरपालिकाका प्रमुख दिलीप प्रताप खांडले मेयरहरुको मञ्चले साझा योजना बनाउने क्रममा रहेको बताउदै प्रदेश तथा केन्द्र सरकारहरुको सहकार्यमा यस क्षेत्रको विकासलाई अगाडी बढाउन लागिएको जानकारी दिए ।

 

इन्टरनेट प्रविधीको प्रयोग गरि सञ्चालन गरिएको मञ्चको वैठकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी, बुटवल उपमहानगरपालिका प्रमुख शिव राज सुवेदी लगायत १५ वटा स्थानीय सरकारका प्रमुखहरुको सहभागिता रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार