काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमाथि कडाइ गरेको छ । निजी पार्टीबाट चार्टर्ड उडानको अनुमति लिने र आफूखुसी टिकट मूल्यमा हवाई उडान हुन थालेपछि सरकारले सम्बन्धित दूतावासको सिफारिसमा मात्र चार्टर्ड उडान हुने स्थष्ट पारेको छ ।”

‘नेपाललाई गन्तब्य बनाएर होस वा नेपालबाट हुने सबै उडानमा सम्बन्धित मुलुकको दूतावासको सिफारिस अनिवार्य गरिएको हो,’ नेपाल नागरिक उठ्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘दूतावासको सिफारिस र पहलमा भने उडान गर्न पाइन्छ ।’

सरकारले विदेशमा रहेका नेपालीलाई घर फर्काउने अभियान थालेपछि केही ट्राभल कम्पनीले विज्ञापन नै गरेर टिकट बुकिङ थालेका थिए ।

यूरोप र अमेरिकाबाट नागरिकलाई कसरी फिर्ता ल्याउने भन्नेमा सरकार अझै टुंगोमा पुगेको छैन । निजी चार्टर्ड पार्टीले भने यूरोप र अमेरिकाका लागि समेत टिकट काट्न थालेका थिए ।

चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न र चर्को मूल्यमा टिकटको कारोबार निरुत्साहित गर्न समेत उडानमा कडाई गरेको क्षेत्रिले बताए ।

नेपालमा व्यवसायिक यात्रु उडानमा प्रतिवन्ध छ । सोहीकारण दुई मुलुकको कूटनीतिक सहमतिमा हुने उडानलाई मात्र चार्टर्ड उडानका रुपमा मान्यता दिन लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार