काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिएको छ । आयोगमा दर्ता भएको निवेदनअनुसार पार्टी दर्ता नम्बर १३९२ हो ।

जसपा, नेपालले दुई अध्यक्ष र तीन बरिष्ठ नेता रहनेगरि पाँच सदस्यीय पदाधिकारी बनाएको छ । अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा. बाबुराम भट्टराई भने चौथो बरियतामा छन्। यसअघि उनको नाम वरियताको पहिलो नम्बरमा रहेको चर्चा गरिएको थियो ।

तर, आयोगमा दर्ता भएको कागजमा भने उनको नाम चौथो नम्बरमा रहेको छ, त्यो पनि टिपेस लगाएर उनको नाम राखिएको छ । अहिले विवाद देखिएकोले उनको नाम चौथो वरियतामा राखिएपनि डा. भट्टराईलाई संघीय परिषदको अध्यक्ष बनाउने जसपाका एक नेताले दाबी गरेका छन् ।

त्यस्तै, बरियताको पाँचौ नम्बरमा रहेका राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने तयारी छ । पदाधिकारीको तेस्रो वरियतामा भने अशोक राई छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार