कोरोना महामारीका कारण सरकारले अवहान गरेको बन्दाबन्दीले प्रभावित भएकामध्य एक व्यवसाय हो जिम तथा फिट्नेस । कोरोनाका कारण व्यवसायमा परेको असर र दैनिक जीवनमा व्यायामको भुमिकाको बारेमा कुमारीपाटी ललितपुरमा अविस्थत टाइटन फिट्नेस एण्ड जिमका संचालक सुनिल राजकर्निकारसँग सहकर्मी बिगेन तुलाधरले गर्नु भएको कुराकानी :

लकडाउन अगाडि र पछाडिको समयमा के परिवर्तन आएको छ ?

पहिले देखि नै जिम गरिराख्ने, व्यायाम गरिराख्ने भएका कारण पनि घरमा बस्न गाह्रो भइरहेको छ । तर पनि घरमै बसेर दिन बिताइरहेको छु । नियमित रुटिन जस्तै हुन्थ्यो पहिला । बिहानको समयमा मेरो अर्को जिम पनि छ, त्यहाँ बस्थेँ । केही समय आराम गरेर टाइटान आउने गर्थे । नियमित त्यसै गरी चलिरहेको थियो । बन्दाबन्दीको कारण घरमै बसिराख्न धेरै गाह्रो भइरहेको छ ।

कोरोनाको कहर वीच सरकारले फिट्नेस तथा जिमलाई पूर्णरुपमा बन्द गराउन निर्देशन दिएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

यसरी बन्द गरिनु मेरो विचारमा राम्रो हो जस्तो लाग्दैन । सावधानी अपनाएर व्यायाम त झन् गरिनुपर्ने हो । कोरोनाविरुद्धको प्रतिरोधात्मक क्षमताको विकाश गर्नपनि नियमित व्यायामले सघाउ पुर्याउँछ । सरकारले कुनै निश्चित मापदण्ड तोकेर जिम तथा फिट्नेस जस्ता ठाँउ खोलिनु पर्छ ।

कोरोनाले गर्दा तपाईको व्यवसायमा देखा परेको असर कस्तो छ ?

हाम्रो सदस्यहरुले कतिले त्रैमासिक, अर्धवार्षिकी र वार्षिकीको शुल्क तिर्नु भएको छ । उहाँहरुले पनि कुरा उठाउनुहोला हामीले यहाँ आएर व्यायाम गर्न नपाएको शुल्क किन कट्टा गर्ने भनेर । त्यो पनि फेरी यहाँहरुको पक्षबाट हेदा स्वभाविक नै हो । अब त्यसलाई कसरी व्यवस्थापन गर्ने हो, त्यो अलिकति समस्या छ ।

सामाजिक दुरी कायम गरेर तपाईहरुको व्यवसाय संचालन गर्न कति संभव छ ?

सानो ठाँउमा रहेका जिमहरुलाई त पक्कै पनि सामाजिक दुरी अपनाउन गाह्रो नै छ । तर हाम्रो त ठाउ पनि ठूलो छ । यस्तै ठूलो ठाउ भएका जिमहरु सामाजिक दुरीसहित संचालन गर्न गाह्रो छैन ।

पछिल्लो समय जिममा आउने युवा समुह बढ्दो वा घट्दो कस्तो छ ?

आजभोलि मानिसमा स्वास्थ्यप्रतिको चेतना धेरै नै छ । युवा वर्गमात्र नभइ पाको उमेर समुहकाहरु पनि व्यायाम गर्नु पर्ने कुरामा सचेत छन् । दिनको एक समयमा व्यायाम गर्नु पर्छ भन्ने मान्यता लागभग सवैमा स्थापित भइसकेको छ । साररिक रुपमा मात्र नभइ मानसिक रुपमा व्यायामले महत्वपुर्ण भुमिका खेल्छ ।

साउना, स्टिम, स्विमिङ्ग जस्ता अनेक सुविधाले जिम निकै महङ्गो हुदै गएको पनि सुन्न पाइन्छ नि ?

सुविधा थप भएपछि ग्राहकलाई मात्र व्यवसाय मै भार थपिन्छ । सामानको शुल्क, बिजुली पानी यावत कुराहरुमा व्यवसायको पनि भार थपिन्छ । त्यसैले शुल्कमा पनि केही बढ्नु स्वभाविक नै हो । तर पनि त्यस्तो धेरै नै शुल्क भन्ने चाही हुदैन । सुविधा भएको ठाँउमा आउदा फाइदाहरु पनि निकै छन् । सवै सुविधा एकै ठाँउबाट लिन पाउने पनि भयो । अफिस जाने मान्छे जिम आएर, यहि नुहाएर घर नगइ सिधै अफिस जान पाउने पनि भयो ।

तपाई चाहि जिम गर्न कहिले देखि सुरु गर्नु भयो ?

४२/४३ साल देखि मैले जिम गर्न सुरु गरेको हो । सुरुदेखि नै मलाई व्यायामहरुमा रुची पनि थियो । अरुले गरेको देख्दा पनि राम्रो लाग्थ्यो मलाई ।

शरिर सुगठन खेलको अन्तर्राष्ट्रिय निर्णायकको पनि अनुभव छ तपाईसँग । नेपाली र विदेशी खेलाडीमा अन्तर के छ ?

नेपाली र विदेशीलाई दाज्नु पर्यो भने धेरै नै फरक हुन्छ । सरकारले नै धेरै राम्रो सुविधा र संरक्षण दिएको हुन्छ खेलाडीलाई विदेशमा । नेपालमा खेलाडीले कुनै सुविधा पाइरहेको छैनन् । दुख गर्छन् अनि खेल खेल्न विदेश जानु पर्यो भने पनि आफ्नै गोजीको पैसा हाल्नु पर्ने हुन्छ । कुनै संघ संस्थाले हेर्यो भने हो नत्र त नेपालमा गाह्रो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार