काठमाडौँ – झट्ट दिमागमा सार्वजनिक शौचालय आयो भने कस्तो परिकल्पना हुन्छ ? दुर्गन्ध, फोहर, पानीको अभाव र छरपष्ट । यस्तै होइन ?

फेरी एक पटक कल्पना गर्नुहोस् त । सफा सार्वजनिक शौचालय, दुर्गन्धको नामनिशान नभएको, स्यानिटाइजर र सावुनपानीको व्यवस्था भएको, हात धोएर मेशिनले सुकाउन मिल्ने । यस्तै सार्वजनिक शौचालय भए घरबाहिर निस्किदा पनि शौचको लागि कुनै चिन्ता नै हुने थिएन है ?

यदी यस्तै सफा सार्वजनिक शौचालयको परिकल्पना गर्दै हुनुहुन्छ भने अब तपाईको परिकल्पना सत्यता मै परिर्णत भइसकेको छ ।

ललितपुरको मंगलबजार र काठमाडौँको बानेश्वर जस्तो अति व्यस्त रहने ठाँउमा सुविधा सम्पन्न सार्वजनिक शौचालयको निर्माण भएका छन् । एरोसान ट्वाइलेट हबले संचालन गरेको सार्वजनिक शौचालय सुविधा सम्पन्नमात्र छैन अपांग, वृद्धवृद्धा र महिला मैत्री पनि छन् । महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेशिनबाट आफै निकाल्न सकिन्छ ।

यस सार्वजनिक शौचालय एरोसानका कर्मचारीहरुले दैनिक र नियमितरुपमा सरसफाई गर्दछन् । लकडाउनले यस सार्वजनिक शौचालयको संचालन रोकिए पनि लकडाउन लगतै संचालन गर्ने एरोसानकी कोअपरेटिभ अधिकारी शृष्टि महर्जनले बताइन् । कोरोनापछिको अवस्थामा सार्वजनिक शौचालयका प्रयोगकर्ताले अनलाइन भुक्तानी गर्ने प्रवन्ध मिलाइने पनि उनले जानकारी दिइन् । स्क्वाड इज प्यानको प्रयोग गरिएको कारण हाड जोर्नी दुख्ने, विशेष त वृद वृद्धालाई सहज हुने उनको भनाइ थियो ।

शौचालयको सरसफाई मात्र नभएर सफाई कर्मचारीको सुरक्षाको पनि विशेष ध्यान दिने भएकाले काम गर्न सजिलो रहेको कर्मचारीहरु बताउँछन् ।

यी सार्वजनिक शौचालयमा आकाशे-पानी संचित गरि सरसफाइमा प्रयोग गरिन्छ । जम्मा भएको शौचबाट बायो ग्याँसको उत्पादन गरिहेको एरोसानले नजिकका चिया पसलहरुमा ग्याँस प्रयोग गर्न दिने योजना बनाएको छ । शौचकै मल बनाएर बितरण गर्ने योजनाअनुरुप नै यी सार्वजनिक शौचालय निर्माण गरिएका छन् ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार