सरकारले दुई सिफ्टमा सरकारी कार्यालय खोल्ने तयारी गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले भिडभाड नहुनेगरी दुई सिफ्टमा कार्यालय खोल्ने निर्णय भएको एक मन्त्रीले बताए।

ती मन्त्रीका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म एक सिफ्ट र दिउसो १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट सरकारी कार्यालय खुल्नेछन्।

‘दुई सीफ्टमा काम गर्ने गरी सरकारी कार्यालय खोल्ने निर्णय भएको छ। यसो गर्दा काम पनि पुरै हुने र भिडभाड पनि रोक्न सकिन्छ भन्ने रहेको छ’, ती मन्त्रीले भने,’सायद असार १ गतेदेखि यसरी काम हुन्छ होला। विस्तृत रुपमा योजना बनेलगत्तै यसको कार्यान्वयन हुन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार