काठमाडौँ – सरकारले रेष्टुरेण्ट खोल्न दिने निर्णय गरेको छ । तर, रेष्टुरेण्टमा बसेर खान नपाइने, तर प्याकिङ लगेर घरमा खान पाइने सरकारी निर्णयमा उल्लेख छ ।

लकडाउनको मोडालिटी परिवर्तनबारेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भिडभाड गरेर रेष्टुरेण्टमा खान नपाइने, तर प्याकिङ गरेको खानेकुरा घर वा कार्यालयमा लगेर खान पाइने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार