एजेन्सी – कोभिड–१९ को महामारीका वेला जापानमा मानिस साइकलतिर आकर्षित भएका छन् । काममा जान–फर्किन सार्वजनिक यातायातको भीडबाट टाढा रहन्छन्, उनीहरू ।

बस, मेट्रो रेललगायत यातायातका साधनमा मानिसको रुचि देखिएको छैन । र, जापानको प्रशासनले साइकल चलाउन केही दिशा–निर्देश जारी गरेको छ ।

सडकमा साइकलको घण्टी बजाउन प्रतिबन्ध लगाइएको छ । त्यति मात्रै होइन, बिनाकारण ब्रेक लगाउन पनि पाइँदैन । पैदलयात्री हिँड्ने फुटपाथ जाम गराउन पनि नपाइने नियम लगाइएको छ ।

साइकल यात्रीकै सुरक्षा प्रत्याभूतिका लागि यस्तो नियम लागू गरिएको प्रशासनको भनाइ छ । सडकमा घण्टी बजाउँदा साइकल चालकले पाँच सय अमेरिकी डलर जरिवाना तिर्नुपर्नेछ । यो नियम १४ वर्षभन्दा माथिको उमेरका सबैमा लागू हुनेछ ।

यस्तै, प्रशासनले तयार पारेको ट्राफिक सुरक्षा कोर्समा पनि सहभागी हुनुपर्ने नियम ल्याइएको छ । जापानका सामाजिक सञ्‍जाल प्रयोगकर्ताले सरकारी नियमलाई हँसी-मजाकको विषय बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार