काठमाडौं – काठमाडौं र ललितपुरमा कोरोनाभाइरस संक्रमित थपिएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।

२४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे।

हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार