काठमाडौं – लद्दाखको गलवान उपत्यकामा गए राति भएको चिनियाँ सेनासँगको झडपपछि ३४ भारतीय सेना बेपत्ता भएका छन् ।

भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले झडपपछि ३४ भारतीय सेना वेपत्ता भएको समाचार प्रकाशित गरेको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने उल्लेख गरिएको छ । तर, यसबारे भारतले अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।

यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ । चीनल भने सीमा रेखा पार गरेर भारतीय सेना चीन पसेका कारण झडप भएको बताइसकेको छ । लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार