काठमाडौँ – भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत एक अधिकृतसहित ६ जना कर्मचारीहरु आठ लाख पचास हजार घुस लिदालिदै पक्राउ परेका छन्।

जग्गाको कित्ताकाटमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु. : उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

घुस लिइसकेको अवस्थामा सामाखुशी स्थित स्काई पार्टी प्यालेस अगाडिबाट उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको पनि कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार