काठमाडौँ – नागार्जुन नगरपालिका प्राविधिक सहायक (ना.सु.) भुवन गिरीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नियुक्ति हुँदा एस.एल.सी. को शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली पेश गरेको भन्दै आयोगले काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको हो। सोही शैक्षिक प्रमाण-पत्रको आधारमा ना.सु. सरहको पदमा उनि बढुवासमेत भई कार्यरत रहीरहेका थिए। सोनाई पण्डित प्राथमिक सह माध्यमिक संस्कृत विद्यालय देवधा (मधुवनी) बाट एस.एल.सी. पास गरेको उक्त प्रमाण-पत्र नक्कली रहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार