काठमाडौँ – मलेसियाबाट नेपाल फर्किन चाहने नेपाली लिन हिमालय एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरका लागि उडेको छ । मलेसिया स्थित नेपाली दूतावासको तालिका अनुसार आज मलेसियाबाट पहिलो लट नेपाली फर्काईंदै छन् ।

हिमालय एयरलाइन्सका अनुसार आज त्यहाँबाट फर्किन १ सय ५८ नेपालीले टिकट काटेको छन् । यो सो वायुसेवाको पूर्ण क्षमता हो । दूतावासले जुन २० मा नेपाल एयरलाइन्स मार्फत तथा जुन २१ मा पुनः हिमालय एयरलाइन्स मार्फत नेपालीलाई फर्काउने तालिका बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार