काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुष रहेका छन्। उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

त्यस्तै, लम्बीचुहा २ कैलालीका ४३ वर्षीया महिलाको मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

हालसम्म नेपालको ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार