काठमाडौं – काठमाडौं महानगरपालिका भित्र बसोबास गर्ने जेष्ठ नागरिकले महानगरबाट पाउँदै आएको वार्षिक भत्ता आगामी आवमा समेत उपलब्ध हुने भएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर विशेष भत्तालाई निरन्रता दिएको बताएको छ ।

महानगरले ७५वर्ष उमेर पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुषलाई महानगर विशेष भत्ता उपलब्ध गराउँछ । यो संघीय सरकारले दिने वृद्धभत्ता बाहेकको रकम हो ।

महानगरपालिकाले आगामी वर्ष स्वयमसेवक परिचालनको नीति समेत लिएको छ ।

यसमा अनुभवी, सेवा निवृत्त, जेष्ठ नागरिकलाई समेत सहभागी गराई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित विभिन्न काममा गराउने नीति समेत महानगरपालिकाले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार