काठमाडौं – अमेरिकाले भारत र चीनसँग वास्तविक नियन्त्रण रेखामा शान्ति बनाईराख्न अपील गरेको छ ।
मंगलवार दुबै देशबीच भएको हिंसात्मक झडपलाई लिएर अमेरिकाले शान्ति अपनाउन आग्रह गरेको हो ।
अमेरिकाले यस तनावको शान्तिबाट समाधान गर्न आग्रह गरेको छ । अमेरिकी विदेश विभागका प्रवक्ताका अनुसार अमेरिकाले भारतीय र चीनका सैनिकबीचमा भईरहेको हिंसाको निगरानी गरिरहेको र अमेरिकाले दुबै देशले शान्तिपूर्वक हिंसाको समाधान गरेको देख्न चाहेको बताएका छन् ।
भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाँटीमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक र ४३ चिनियाँ सैनिक मारिएको बताइएको छ ।
यो घटना १५ जुन रातीको हो । अमेरिकी विदेश मन्त्रालयले हिंसामा सैनिकहरुको मृत्यु भएकोमा गम्भीर दुख व्यक्त गरेको छ ।
एजेन्सीको सहयोगमा