काठमाडौंं – शनिबार काठमाडौं आउने कोरियन एयरले कोरियाबाट नेपालीलाई काठमाडौं ल्याउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार कोरियन एयरलाई नेपाली ल्याएर काठमाडौं आउन सहजीकरण गरिएको छ ।

कोरियाबाट अवैधानिक रुपमा बसिरहेका, बिरामी, गर्भवती, भिसा सकिएका लगायत दूतावासको प्राथमिकतामा परेका नागरिकलाई नेपाल ल्याउन लागिएको हो । कोरियन एयर ईपीएस कोरिया अन्तर्गत नाम निकालेका कामदारलाई कोरिया लैजान शनिबार काठमाडौं आउन लागेको हो ।

कोरियाबाट भने २३३ जना नेपाली आउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार