काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९५६१ पुगेको छ। संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् भने  २३ जनाले ज्यान गुमाएका छन्।

सरकारले पछिल्लो समय दैनिक १० हजार स्वाबको परीक्षण गर्ने गरी तयारी थालेको छ। अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय  जनाको स्वाब परीक्षण भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार