काठमाडौं – नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन आज ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन ९० हजार ६ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपियाँले बढेको छ । आज चाँदी प्रतितोला ९४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार