बिगेन तुलाधर, काठमाडौँ – काठमाडौँ उपत्यकाको मुख्य समस्याको रुपमा रहेको खानेपानी हाहाकारको समस्यालाई काठमाडौँ महानगरको वडा १९ मा बन्ने पानी ट्यांकीले केही हदसम्म समाधान गर्ने जमर्को गरेको छ ।

प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको हो।

वडा १९ मा अवस्थित दमाईचाघाटमा प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत ९० हजार लिटर क्षमताको खानेपानी ट्यांकी बन्ने भएको हो । ३९ लाख ७८ हजार ५ सय ४३ रुपैयाँ खर्च हुने अनुमानसहित यसै आर्थिक वर्षमा पानी ट्यांकीको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । प्रदेशबाट ३५ लाख ८० हजार ६ सय ८९ रुपैयाँ लगानी गरिने छ भने जनसहभागितामार्फत बाँकी ३ लाख ९७ हजार ८ सय ५४ रुपैयाँ संकलन गरिने छ ।

यसको संचालनसँगै ५ हजार घरधुरी लाभान्वित हुने प्रक्षेपण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार