महेश सिंह, सिरहा – सिरहाको कर्जनहा नगरपालिकामा जापानी प्राविधिको फ्याकट्री संचालनमा आएको छ ।

विकास निर्माणको कामका लागि सिरहामा पहिलो गुणस्तरीय सामग्रीको उद्योग संलान भए पछि ठेकेदार कम्पनी र निर्माण व्यवसायीहरु लाभान्वित भएका छन् । सिरहाको धेरै स्थानीय तहमा विकास निर्माणका कार्य अधुरा रहेकोले विकास निर्माणमा प्रयोग हुने ,होम पाईप, बिजुली पोल , बल्क ईटा ,विभिन्न किसिमको ईसट्टरलक र आर .एम. सी. सिरहामा प्रहिलो पटक उत्पादनमा आएको छ ।

सिरहामा हुने गरेका विकास निर्माणका कार्यहरुमा बाहिरबाट सामान ल्याउन पर्ने समस्या टरेपछि निर्माण व्यवसायीहरुले सहज मसुस गरेका छन् । फ्याकट्री महेन्द्र राजमार्ग भन्दा करिब २०० मिटर उतर तर्फ संचालनमा रहेको संचालक कुसेश्वर साहले जानकारी दिए । दुई दर्जन भन्दा बढी कामदारहरुले रोजगारी पाएको र उधोगका सामानले सुरुवाती चरण मै राम्रो प्रतिक्रिया पाएको पनि साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार