काठमाडौं – लकडाउनका कारण लामो समय पछि खुलेको धितोपत्र कारोबार गर्ने नेपाल स्टक एक्चेञ्ज (नेप्से परिसूचक) पहिलो दिन नै १२ दशमलव ८७ अंकले गिरावट आई नेप्से परिसूचक १ हजार १८८ दशमलव ७० बिन्दुमा अडिएको छ । यो १ दशमलव ०७ प्रतिशतको गिरावट हो ।

यसैगरी, क वर्गको कम्पनीहरुको मापन गर्ने सूचकमा ४ दशमलव ०३ अंकले गिरावट आई २५६ दशमलव २९ अंकमा थामिएको छ । यो १ दशमलव ५५ प्रतिशतको गिरावट हो ।

त्यस्तै, कारोबारको पहिलो दिन सोमबार नेप्से मा १३० कम्पनीहरुको कारोबार भएको छ । जम्मा ९ लाख ७० हजार ७६ कित्ता शेयर ४ हजार ८ सय ६२ पटक कारोबार हुँदा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार