कृष्णा यादब, वीरगंज – इलाका प्रहरी कार्यालय प्रसौनी बाराले अबैध रुपमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय प्रसौनी र मुशहार्वाको सयुक्त टोलीले विशेष सुचनाको अधारमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ स्थित सिचाई नजिकबाट भारतबाट ना १० प ९१०२ नम्बरको मोटरसाईकलमा बोकी ल्याएको अवैध लागू औषधसहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक ओम यादबले बताए ।

ईलाका प्रहरी कार्यालय प्रसौनीले १९२ थान नुर्फिन लगाएतका अवैध लागू औषधसहित औषध बोकेको मोटरसाइकल ना १० प ९१०२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

अवैध लागु औषधसहित पक्राउ पर्ने बिरगंज म.न.पा.वडा न.१२ मुर्ली बस्ने वर्ष ४५ का बाबुलाल साह कानु र वडा न.११ श्रीपुर बस्ने वर्ष ४६ को श्रीकान्त ठाकुर लाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक यादबले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार