कृष्णा यादब, बीरगंज – सशस्त्र प्रहरी बल बिओपी अलौले स्रोत नखुलेको ९१ हजार भारतिय नोट सहित एक जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुडासैनीको नित्तृत्वमा रहेको टोलीले अलौ भन्सारमा चेकजाँच गर्नै क्रममा झोलामा रहेको ९१ हजार भारतिय नोट र ना १५ प५८३८ नम्बरको होन्डा साईन मोटरसाईकल सहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बिओपीका प्रमुख प्रहरी निरीक्षक रबि थापाले बताए । पक्राउपर्नेमा पोखरीया नगरपालिका वडा न २ लमरिया निवासी २८ वर्षका मनोज यादब रहेका छन् ।

पक्राउ परेका भारु रकम , मोटरसाइकलसहित यादबलाई आवश्यक कारबाहीको लागि राजशव अनुशन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार