काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा १ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ७६५ रहेको छ ।

आज चाँदीको मूल्य भने ५ रुपियाँले बढेको छ । आज चाँदी प्रतितोला ९४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार