काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलको मूल्य ५ रुपैया, डिजेलमा २ र मट्टितेलको २ रुपैयाँ बढाएको छ ।

मंगलबार नेपाल आयाल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य राती १२ बजेदेखि लागू हुने छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निमगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार