कृष्णा यादब, वीरगंज – ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले अवैधरुपले ल्याएको सुर्ती र कपडा नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय प्रसौनी बाराले भारतबाट अवैध रुपले ल्याईरहेको सुर्ती र कपडा विशेष सुचनाको अधारमा बिहान ५ बजेको समयमा विश्रामपुर वडा नम्बर २ को कल्यानपुर नाकाबाट पक्राउ गरेको प्रहरी निरीक्षक ओम यादबले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको १० बोराको सुर्तीको बजारको मूल्य १ लाख ५० हजार बराबरको रहेको छ । अवैध कपडा र सुर्ती बरामद गरि आवशयक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक यादबले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार