काठमाडौँ – बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको सुन आज ५ सयले बढेर नयाँ रेकर्ड कायम भएकाे हो। यसअघि सबैभन्दा उच्च मूल्य प्रतितोला ९१ हजार ३ सयसम्म कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर नेपालमा पनि त्यसको असर परेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार