काठमाडौँ – सुनको भाउ असार १८ गते बिहीबार तोलामा ७ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघले विहीबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ र तेजाबी सुनको भाउ ९० हजार ५६५ रुपैयाँ तोकेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। यस दिन चाचँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार