काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही समयको लागि स्थगित् भएको छ।

आज दिउँसो सबा १२ बजेबाट सुरु भएको बैठक एक छिन बसेर स्थगित् भएको हो । बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक राखेर संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्टपतिलाई सिफारिश गर्ने निर्णय भएसँगै नेकपा स्थायी कमिटी बेठक प्रभावित भएको हो ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार अहिले दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । उनीहरुबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्ता जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार