काठमाडौँ – झन्डै तीन घन्टादेखि रोकिएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा फेरि सुरू भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आएपछि रोकिएको बैठक सुरू गरेका हुन्।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित छैनन्। आज बिहानको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित थिएनन्।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक चलाइरहेका बेला बसेको मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि बैठकमा खैलाबैला भएको थियो।

त्यसपछि प्रचण्डले ओलीसँग छलफल गरेका थिए। ओलीसँगको कुराकानीपछि उनी ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

शितल निवासमा राष्ट्रपति  भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार