काठमाडौं – बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्य २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो ।

बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

यससंगै बिहिबार मात्र काठमाडौँ उपत्यकामा ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार