काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

बिहिबार छापावाल सुन प्रतितोला ९१ हजारमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । बुधबार पनि तोलामा ७ सयले घटेको थियो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ६५ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपियाँले घटेको छ । आज चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार