गोरखा – गोरखामा कोरोना भाइरस संक्रमणका कारण ४४ बर्षिय एक पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर गोरखा अस्पतालको आइसोलेसनमा राखिएका एक पुरुषको शनिबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन् ।

असार १६ गते कतारबाट आएका गोरखा पालुङटार नगरपालिका वडा नं ७ निवासी ती पुरुषमा निमोनियाको गम्भिर संक्रमण भइ स्वास्थ्य समस्या देखिएपछि शुक्रबार राती जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार