कृष्णा यादब, पर्सा – सशस्त्र प्रहरी भन्सार राज्स्व गस्ती र सशस्त्र प्रहरी बल १३ नम्बर गणको संयुक्त टोलिले बिरगंज को मितेरी पुल नजिकैबाट लुकाई छिपाई भारत बाट ल्याउदै गरेको लागु औषध, सहित एक जना लाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बलले विशेष सुचनाको अधारमा विरगंज भन्सार नजिक रहेको मितरी पुलको नजिकमा चेकजाँच गर्नै क्रममा ना २७ प ९९९९ नम्बरको मोटरसाइकलमा चामलको दुईवटा बोरा लोड गरि ल्याउदै गरेको बोरालाई चेकजाँच गर्दा अवैध लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले बताए।

सशस्त्र प्रहरीले पक्राउ गरेको उक्त लागु औषध भारतको रक्सौल बाट ल्याएको शस्त्र प्रहरी भन्सार राजस्व गस्ती टोलिले जनाएको छ। शुक्रबार दिउँसो मितेरी नजिक बाट आउदै गरेको मोटरसाइकल सहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा जिल्ला कलैया उप महानगर १२ धर्मनगर निवासी बर्ष २२ को सजिर राय भाटलाई अवैध लागु औषध सहित पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गुल्मि गणको प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र कुवरले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार