महेश सिंह, सिरहा – कोरोनाका कारण जारि गरिएको लकडाउनबाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्शन गरेका छन्।

लकडाउनको कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन् ।

गरिब , विपन्न परिवारलाई कसैले नहेरेकाले गरिब माझ सरकारप्रतिको विश्वासनियता घाटदै गएको चालक सिब कुमार महतोले बताए । लकडाउन खुकुलो भएर पसलहरु खुले पनि सिटि रिक्सा श्रमिकहरु मर्कामा परेका छन् । उनीहरु तिन महिना देखि रिक्सा चलाउन नपाउदा परिवारको छाकटार्न गाह्रो भएको गुनासो पोखेका छन् ।

रिक्सा किन्दा धेरैले बैंकबाट ऋण लिएर रिक्सा खरिद गरेको र तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको उनीहरुले बताए । सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिविकोपार्जन गर्ने रिक्सा चालकहरु अ -आफ्नो सवारी लिएर खबरदारी कार्यक्रममा सडकमा ओर्लिएका हुन् ।

लहान ३ को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि प्रदर्शन गरेर जय नेपाल चिया पसल अगाडि कोण सभामा परिणत गरेका थिए ।

युवा नेता तथा समाज सेबि महेश चौधरीले गरिब जनतालाई सरकारले भोकै मार्न लागेको र यदि रिक्सा ब्यबसायीहरुलाई समाजिक दुरीलाई ध्यानमा राखी रिक्सा संचालन गर्न नदिने हो भने प्रहरी कार्यालय घेराउ गर्न पनि पछाडि नहटने चेतावनी दिए ।

कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसिले पनि रिक्सा श्रमिकको अधिकारको लागि जोडदार अवाज उठाएका थिए । काङ्ग्रेसका नेताहरुमा अछ्मित लाल चौधरी , महासमिति सदस्य राम गणेश दास ,नेबि संघका जिल्ला सभापति सित प्रसाद चौधरी , संजय यादव ,युवा नेता पपु यादव , राम कृष्ण यादव लगायतका दर्जनौं संघका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थी नेता नबिन कुमार यादवले गरेका थिए।

रिक्सा संघका अध्यक्ष मनोज मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने नेपाली काङ्ग्रेस ट्रेड युनियनका जिल्ला सभापति संजय उपाध्ययको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार