ललितपुर – खोकनाका किसानले आज दिउसो भएको प्रहरी दमनको बिरोध गर्दै राँके जुलुस निकालेका छन् ।

काठमाडौँ तराइ जोड्ने फास्ट ट्रयाक निर्माणको लागि सरकारले बलजफ्ती आफ्नो भूमी अतिक्रमण गरेको भन्दै स्थानीयहरु सरकारप्रति रुष्ट छन् । असार १५ मा पनि प्रहरी प्रशासनले स्थानीयले धान रोप्ने कार्यमा बाधा पुर्याएको थियो ।

शनिबार दिउसो पनि स्थानीय धान रोप्न जादा प्रहरीसँग मुठभेड भएको थियो ।

अश्रु ग्याँस, लाठी चार्ज र तीन राउण्ड हवाइ फायर गरेर किसानलाई धान रोप्न नदिइ दमन गरेको भन्दै आक्रोसित स्थानीयले राँके जुलुस निकालेको खोकनाका स्थानीय कर्मा महर्जनले जानकारी दिए ।

https://www.facebook.com/harprahar/videos/309778280156978/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार