प्रदिप सिंह, लहान – सिरहाको गोलाकार नगरपालिका बाट नेपालमा प्रतिबन्ध लगाएका लागू औषध सहित एक जना मानिसलाई प्रहरीले पक्राउ परेको छ।

ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलिले एक जनालाई आफ्नो घरमा लुकाई छिपाई बिक्री वितरण गर्न को लागि राखेको अवस्थामा प्रहरीले लागु औषध साहलाई पक्राउ हो।

पक्राउ पर्नेमा सिरहाको गोलाकार नगरपालिका वडा नम्वर ४ बस्ने बर्षीय ४२ को मनोज कुमार साहलाई प्रतिबन्धित लागुऔषध डाईलेक्स डिसी ६७ बोत्तल र नाइट्रोभेट ट्याभलेट १६५ पिस लागु औषध बरामद गरी निज साह समेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका साहलाई प्रहरीले नियन्त्रणमा लिई अवश्यक कार्वाहीको लागी ईलाका प्रहरी कार्यालय गोकनजार सिरहा ल्याई थप अनुसंधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना अधिकारी बिनोद घिमिरेले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार