विश्वभरका २३९ जना वैज्ञानिकहरूले विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेर कोरोना भाइरसको बारेमा चेतावनी दिएका छन् । ३२ देशका यी वैज्ञानिकहरूका अनुसार कोरोना भाइरस  हावामा समेत फैलने जनाएका छन । वैज्ञानिकहरूको अनुसन्धानबाट बाहिर ल्याएको तथ्यालाई उनीहरुको जर्नलनमा प्रकाशन गर्न चाहन्थे तर त्योभन्दा पहिला नै मिडियाबाट बाहिर आएको थियो । वैज्ञानिकहरूले डब्ल्यूएचओको गाइडलाइन्स परिवर्तन गर्न माग गरेका छन् ।

न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार डब्ल्यूएचओलाई लेखेको उक्त पत्रमा वैज्ञानिकहरूले भनेका छन् हावामा रहेका कोरोना भाइसरका सानो कणहरूले पनि मानिसहरूलाई संक्रमित भइरहेका छन् । उक्त पत्रमा वैज्ञानिकहरूले कोरोना भाइरस लामो समयसम्म हावामा रहन सक्छ र धेरै मिटरको यात्रा गर्न सक्दछन् र नजिकैका मानिसहरूलाई संक्रमित गर्न सक्दछन् ।

वैज्ञानिकहरुमा सत्य हो भने यो संक्रमण बन्द कोठा वा त्यस्तै अन्य स्थानहरुमा धेरै छिटो फैलिनेछ ।  यस्तो अवस्थामा, व्यक्तिहरूले स्कुल, बजार र त्यस्तै अन्य स्थानहरूमा काम गर्न अतिरिक्त सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।  बसमा यात्रा गर्नु खतरनाक पनि हुन सक्छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार