कृष्णा यादब, बिरगंज – जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले अवैध गाँजासहित एक जना पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राईम प्रहरीको टोलीले जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका वडा नं १ सोन्बार्स स्थित सदै मियाको घरमा लुकाई छिपाई राखेको अवैध २३ किलो गाँजा सहित एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरी उपरीक्षक पन्तले बताइन् ।

उक्त पक्राउ परेको अवैध गाँजासहित जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका वाडा नं १ बर्ष २८ को किसुन मण्डललाई सदै मियाको घरबाट नियन्त्रणमा लिएको हो ।

लकडाउनको मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाकाबाट अवैध लागु औषध नेपालबाट भारत र भारतबाट नेपाल ल्याउने विशेष सुराकीको अधारमा सुचना पाएपछि पर्साको क्राईम टोलिको प्रहरी निरीक्षक रबिभुषण यादबको सक्रियतामा धमाधम एकपछी अर्को अवैध लागु औषध र तस्करी को समान पक्राउ गर्न लागेको पर्सा प्रहरीले बताएको छ।

पक्राउ परेको किसुन मण्डललाई पर्सा प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार